
रौतहट, एक लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी बन्जरहाबाट खटेको प्रहरी टोलीले शुक्रवार उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको शिवहर जिल्ला ग्राम पंचायत बेलबाघाट ५ निवासी निश्वनाथ साह कानुको छोरो २२ बर्षिय सुशिल कुमार साह रहेका छन् ।
इशनाथ नगरपालिका-१ स्थित बैकाया खोलाको बाधमा भारतबाट नेपाल आउँदै गरेको साहलाई चेकजाँच गर्दा झोलामा राखेको १ लाख ८० हजार भारतिय रुपैयाँ फेला परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रकम सहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।







