
धनगढी, कात्तिक ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास हुने बताउनुभएको छ ।धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताउनु भएको हो ।
सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा वाढी÷पहिरोले पारेको क्षति बुझेर धनगढी पुग्नु भएका प्रधानमन्त्री देउवाले बाढी÷पहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने दोहोर्याउनुभयो ।
उहाँले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको पनि बताउनुभयो । फरक प्रसंगमा उहाँले सुदूरपश्चिम प्रदेश लगायतका सरकार परिवर्तनका विषयमा गठवन्धनले आवश्यक निर्णय गर्ने बताउनुभयो ।नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले काँग्रेसको महाधिवेशन सम्वन्धी काम निर्वाचन समितिले निर्णय गरे बमोजिम हुने बताउनुभयो ।







