
काठमाडौं कार्तिक ४ गएकाे २४ घण्टामा नेपालमा ५४५ जना काेराेना संक्रमित थपिएका छन् ।
८ हजार ५४९ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ४७० जना र एन्टीजेन परिक्षण विधीबाट ७५ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७२६ जना डिस्चार्ज भएका हुन् ।

त्यस्तै थप ८ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे कुलसंख्या ११ हजार ३२६ जना पुगेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ जना रहेका छन् ।हालसम्मको कुल संक्रमित मध्य नेपालमा ९७ प्रतिशत डिस्चार्ज भैसकेका छन् ।







