
इस्लामबाद, पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ कम्तीमा १५० जना घाइते भएका छन् । यसैगरी बिहीबार विहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र यसमा परी कम्ती २० जनाको मृत्यु भएको हिजो सरकारी अधिकारीहरुले जानकारी दिएका थिए ।
भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । एजेन्सी






