
नयाँदिल्ली, लोकप्रिय पौराणिक टेलिसिरियल ‘रामायण’मा ‘रावण’को भूमिका निभाएका अभिनेताको निधन भएको छ । रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।
भारतको मुम्बइस्थित हृदयघातबाट उनको मृत्यु भएको पारिवारिक सदस्यले जानकारी दिएको छ । ८२ वर्षीय अभिनेता अरविन्दले पौराणिक टेलिश्रृंखला रामायणमा उनी लंकाका राजा रावणको भूमिका निभाएका थिए ।
उनले करिब ३ सयभन्दा बढि हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् । एजेन्सी






