
अफगानिस्तान सुरक्षाकर्मीको आक्रमणमा पाँच जना अपहरणकारीको मृत्यु भएको छ । दुई जनालाई अपहरण गरेर भाग्दै गरेको अपहरणकारीमाथि अफगानिस्तानको सुरक्षाकर्मीले आक्रमण गरेको हो ।उत्तरी अफगानिस्तानको बल्ख प्रान्तमा उक्त घटना भएको एएनआईले जनाएको छ ।
अधिकारीहरुकास अनुसार अपहरणकारीले फिरौती माग्ने प्रयोजनका लागि दश्त ए शूर र मजार ए शरिफ क्षेत्रबाट दुई जनालाई अपहरण गरेको थियो । घटनापछि सुरक्षाकर्मीले दश्त ए शूर क्षेत्रमा अपहरणकारीलाई फेला पारेर आक्रमण गरेको थियो ।
दुर्भाग्यवश सुरक्षाकर्मीको आक्रमणमा दुई जना अपहरणमा परेका सर्वसधारणको समेत मृत्यु भएको अधिकारीहरुले बताएका छन् । आक्रमणको क्रममा एक जना सुरक्षाकर्मी समेत घाइते भएको बताइएको छ । file photo






