
काठमाडौं, साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा ०.६२ अंकको सामान्य गिरावट हुँदा २८७५.९८ अंकमा बन्द भएको छ ।
बिहिवार अधिकांश उपसूचकमा गिरावट हुँदा जलविद्युत्, जीवन बिमा, लगानी र व्यापार उपसूचक भने बढेको छ । जलविद्युत् उपसूचक १.९१ प्रतिशत, जीवन बिमा उपसूचक ०.३७ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र व्यापार उपसूचकमा ०.०२ प्रतिशतको समान्य वृद्धि भएको छ ।
यसैगरी वित्त कम्पनी उपसूचकमा सर्वाधिक १.२८ प्रतिशत, अन्य उपसूचकमा १.१९ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि ०.११ प्रतिशतको गिरावट भएको छ । यही भदौ २ गते ३१९९.०३ अंकमा पुगेको नेप्से त्यसयता उतार–चढावबीच लगातार घटेको छ ।







