
जकार्ता, इन्डोनेसियाको राजधानी जकार्तास्थित एक कारागारमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । बुधबार बिहान टाङेर्याङ जेलमा आगलागी हुँदा अधिकांश कैदीहरु सुतिरहेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त जेलको ४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी बसेका थिए । आगलागी भएको ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो ।
घटनामा अन्य दर्जनौं घाइते भएका छन् भने केही गम्भीर घाइते भइ आईसीयूमा उपचारत् छन् । आगलागी सर्ट सर्किट भएको हुनसक्ने आशंका गरिएपनि इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले आगलागी हुनुको कारणबारे पुष्टि हुन बाँकी रहेको थप अनुसन्धान भइरहेको बताएका छन् । एजेन्सी






