
काठमाडौं, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अमेरिकाले छोपछि आफ्नो अभियान जारी रहेकाले मानवीय सहायता तालिबानसँग वार्ताका लागि “प्रवेशद्वार” हुन सक्ने बताएका छन् ।
न्यूयोर्कमा बीबीसीकी लौरा ट्रिभलियनसँग कुरा गर्दै उनले तालिबानलाई संयुक्त राष्ट्र संघको कामका लागि अनुकूल वातावरण बनाउन आग्रहसमेत गरेका छन् । यद्यपि उनले यो पनि स्वीकार गरेका छन् कि अहिलेको स्थिति ‘धेरै अप्रत्याशित’ रहेको छ ।
एन्टोनियो गुटेरेसले भने, “युद्धको वर्ष पछि, छिमेकी देशहरुमा लाखौं मानिसहरु घरबारविहीन भएका छन्। ती मानिसहरुको पीडाको कल्पना पनि गर्न सकिदैन । संयुक्त राष्ट्र संघको रूपमा हाम्रो जिम्मेवारी त्यहाँ बस्नु र काम गर्नु हो, तर तालिबानले त्यस्तो परिस्थिति सिर्जना गर्नुपर्छ जसमा हामी त्यहाँ काम गर्न सक्दछौं, जस्तै हामी सबैलाई पुग्न स्वतन्त्रता छ, केटीहरु स्कूल जान्छन्, महिलाहरुलाई काम गर्न अनुमति दिइन्छ। त्यसो गर्नुहोस् ताकि हामी हाम्रो अभियानहरुलाई सामान्य रुपमा चलाउन सकौं।”
उनले भने, “मानवीय सहायता एक महत्वपूर्ण प्रवेश द्वार हुन सक्छ । किनकि तालिबानले बुझेको छ कि मानवीय सहायता अत्यन्त महत्वपूर्ण छ र अन्तर्राष्ट्रिय समुदाय यो गर्न इच्छुक छ। यसले तालिबानसँग वार्ता बढाउनेछ र विश्वासको वातावरण सिर्जना गर्नेछ।”






