
बगदाद, इकिर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । इराकको प्रान्तीय प्रहरी स्रोतका अनुसार उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा छ सुरक्षाकर्मी घाइते भएको छ । आई एस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।
प्रहरी मेजर अब्बास अल–ताइ भने, “चौकीमा भएको आक्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका छन् भने अरू छ जना घाइते भएका छन् ।”
आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाद गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।एजेन्सी






