
वासिङ्टन, अमेरिकाको वासिङ्टन डीसीमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको हो ।
डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।”
डी.सी. प्रहरी प्रमुख रबर्ट कोन्टेका अनुसार, संदिग्धहरू एक्कासी गाडीबाट बाहिर निस्किए र शनिबार राती मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसैगरी प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ ।एजेन्सी






