
काठमाडौं, इथियोपियामा विद्रोही समूह “टिग्रे”का साढे पाँच हजारभन्दा बढी लडाकु मारिएको छ । भर्खरै गरेको कारबाहीमा मात्र ५ हजार ६ सय विद्रोही मारिएको इथियोपियाली सेनाले दाबी गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरबाट सेनाले विद्रोही समूह विरुद्ध कारबाहीलाई तीव्र पारेको छ ।
विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा सेनाले उनीहरु विरुद्ध आक्रमण तीव्र पारेको हो ।एजेन्सी






