
पछिल्लो समय बाँकेमा कोरोना संक्रमीत निरन्तर बढिरहेको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा आज बाँकेमा थप २८ जनामा कोरोना पुष्टि भयको छ भने बाँकेमा कुल संक्रमितको सङ्ख्या ४९८ पुगेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा नेपालगन्ज र खजुराका गरेर २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन । यी संक्रमीत हुनेहरुमा सबैजना समुदायम घुलमिल गरेर बसेको सर्वसाधारण रहेको कुतुम्बाङले सञ्चार माध्यम
लाई जानकारी दियका छन । संक्रमितमध्ये १६ जना पुरुष र १२ जना महिला रहेका छन भने यिमध्ये २५ जना नेपालगन्जका र तीन जना खजुराको रहेक छन ।






