
काठमाडौं, प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले
सरकारलाई कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तीका अनुसार मंगलबार सरोकारवालाहरुसँगको छलफलपछि चाडो भन्दा चाडो कक्षा १२ को परीक्षा लिन निर्देशन दिइएको हो ।
उनले भनिन्, ‘सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष निकाल्यौं । विद्यार्थीलाई चाँडो खोप दिएर, पहिल्यै तय भएको मोडल र तयारीअनुसार परीक्षा गर्न भनेका छौं ।’
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी पढेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ भने दुई सय भन्दा बढि परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी छ ।
यसैगरी समितिको निर्देशनपछि शिक्षा सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर परीक्षाको मिति तय गर्ने जनाए ।






