
काबुल, मित्र राष्ट्रका सदस्यहरुको समयसीमा बढाउने मागको बीच अमेरिकाले तालिबान नियन्त्रित अफगानिस्तान अगस्ट ३१ सम्म छोड्ने भएको छ । तालिबानले अझै समय सीमा परिवर्तन गर्ने सोचमा नभएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ अन्तिम मिति परिवर्तन गर्नको लागी चर्चा छ किनकि ब्रिटेन, फ्रान्स र जर्मनी जी सेभेनको भर्चुअल सम्मेलनको समयमा यसको लागी दबाब दिनेछन् ।तालिबानले बीबीसीलाई बताए अनुसार समयसीमा लम्ब्याउँदा सम्झौता उल्ल्घन हुने उल्लेख छ ।
यसैगरी अफगानिस्तानबाट अहिलेसम्म हजारौं मानिसहरुलाई बाहिर निकालिएको छ । तर अझै पनी काबुल बिमानस्थल बाहिर मानिसहरुको भीड जम्मा भैरहेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति जो बिडेनले समयसीमा बढाउने कि नराख्ने भन्ने बारेमा अर्को २४ घण्टामा अन्तिम निर्णय लिन सक्नेछन् ।






