
राहुल गुप्ता, बिरगंज । साउन २१ गते बुधबार ।
“जटिल वैश्विक याे काेराेना महामारी , निसुल्क भोजन हाम्रो जिम्मेवारी ”
भन्ने मुल मन्त्रका साथ साहिब दरबार सेवा सस्थान , समपर्ण सेवा सस्था र स्टार सेरामिक्स प्रालीद्वारा पुन: आज बुधबार देखि निषेधाज्ञाकाे कारण भाेकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूकाे पेट भर्न नि:शुल्क भाेजन वितरण सुरु गरेका छन । यसअघि सो सस्थाले ३ महिना भाेजन गराएको थियो । त्यसैगरी यसपटक पनि यहाँहरूकाे निरन्तर साथ, सहयाेग र मार्गदर्शन पाईराख्ने हामीले विश्वास लिएको सस्थाका राजेश मान सिंहले बताउनु भयो । निसुल्क भोजनको लागि सहयोग गर्नु हुने संस्थाका राजेश सिंह , रूपेश मान सिंह , अफरोज आलम , राहुल तुल्स्यान , किशोर सिंह, विक्रम नगरकोटी, ठकुरी ,कलाम मंसूरी, मनिष ठकुरी रहनु भएको छ।







