
काबुल, अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा
जन्माएकी छिन् ।
आज यूएस एयर मोबिलिटी कमान्डले सामाजिक सञ्जालमार्फत ट्वीटरमा सो जानकारी दिँदै एउटा थ्रेड पोस्ट गरेको छ । जसमा एक महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट जर्मनीको यात्रा गरिरहेका बेला बच्चा जन्माएको बताइएको छ ।
महिलाको स्वास्थ्य स्थिति बिग्रँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको दबाब बढाउनका लागि कम उडान भरेका थिए । उनकी आमाले जीवन रक्षामा मद्दत गरिन् तत्पश्चात् उनको स्थितिमा सुधार आयो ।
विमान अवतरणपछि अमेरिकी सैन्य डाक्टर त्यसमा सवार भए र बच्चा जन्माउन मद्दत गरेका छन् । आमा र बच्चा दुबै खतराभन्दा बाहिर छन् भने हाल उनलाई नजिकैको अस्पतालमा लगिएको छ । एजेन्सी






