
वासिङ्टन, संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थलमा नजान आग्रह गरेको छ ।
इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान सुझाएको हो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको जनाएको छ । अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन आग्रह गरिएको हो ।
तालिबानको त्रासले अफगानिस्तान छाड्न चाहनेदेखि त्यहाँको पूर्ववर्ती सरकारसंग काम गरेका तथा नेटो गठबन्धनलाई सघाएका मानिसहरुको भीड विमानस्थल बढेको बताइएको छ । एजेन्सी






