
नयाँदिल्ली, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा राजस्थानका पूर्व राज्यपाल कल्याण सिंहको शनिबार साँझ निधन भएको छ । कल्याण सिंहले ८९ वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समयदेखि बिरामी थिए र उनलाई लखनउको अस्पतालमा भर्ना गरिएको थियो । भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत अन्य दलका नेताहरुले उनको निधनमा शोक व्यक्त गरेका छन् ।
योगी आदित्यनाथले उत्तर प्रदेशमा तीन दिनको राज्य शोक र २३ अगस्टमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । कल्याण सिंहले एक गहन हिन्दुवादी नेताको रुपमा आफ्नो राजनीति सुरु गरेका थिए ।






