
काबुल, तालिबान लडाकूहरूले अफगानिस्तानका प्रहरी प्रमुख जनरल हाजी मुल्ला आचाकजाईको हत्या गरेका छन् । उक्त हत्या घटनाको सार्वजनिक भिडियोमा आचाकजाईलाई हात बाँधिएको, आँखामा पट्टी लगाइएको र घुँडा मारेर बस्न लगाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बादगिस प्रान्तका कमान्डर आचाकजाईलाई तुर्कमेनिस्तान सीमा नजिक तालिबानले बन्दी बनाएको जनाएको छ । अफगानिस्तान कब्जा गरेपछि तालिबानले हाल घरघरमा गएर पूर्ववर्ती सरकारका समर्थकहरूको खोजी गरिरहेको छ ।
तालिबानले पुरानो सरकारका मानिसविरुद्ध प्रतिशोध नलिने भनी आश्वस्त गराए पनि धमाधम हत्या गरिरहेका छन् । एजेन्सी






