
सिन्धुपाल्चोक कर्थली , बार्हबिसे नगरपालिका वडा नं.२ कर्थलीकाे खाेलापारी घट्टेखाेलामा पहिराे लागेकाे थियाे । साउन १९ गते परेकाे अविरल बर्षाका कारण उक्त स्थानमा पहिराे गएकाे हाे । पहिरोले गर्दा करिब ४ घर पुर्णरुपमा क्षति भएको छ भने लगभग २०० घरहरु जाेखिममा हुनुका रहेकाे छ । उक्त पहिराे गएको र पहिराेमा परि क्षतिग्रस्त स्थान अवलोकनका लागि बुधबार बार्हबिसे नगरपालिकाका नगर प्रमुख निम्फुन्जो शेर्पासहितको टोलि घटनास्थलमा पुगि उक्त क्षेत्रको अबलोकन गरेका छ्न । साथै पहिराे पिडितलाई आवश्यक सहयोगकाे पहल गरिने पनि मेयर निमफुन्जाे शेर्पाले बताएका छन् ।

त्यसो त सिन्धुपाल्चोक विभिन्न प्राकृतिक प्रकोपको अनिश्चितकालिन समस्यासँग सामना गर्दै आयको छ र आउँदो समस्यासग सामना गर्नको लागि पुर्बतयारिमा जुटिरहेको शेर्पा बताउछ्न । यस्तो विषम परिस्थितिमा जतिसक्दो चाडो व्यबस्थित तरिकाले अगाडि बढ्नुपर्ने भयकाले क्षेतिको विबरणसहित आबश्यक बस्तुको लिस्ट तयार पार्न बार्हबिसे नगर प्रमुखले आग्रह गरेका छन ।







