
तालिबानले काबुलमा दुई दशकपछि कब्जा जमाएलगत्तै भारत र अफगानिस्तानबीचको व्यापार ठप्प भएको छ । फेडरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसनले बुधवार जनाएअनुसार, तालिबानले व्यापार रोकेको हो ।
पाकिस्तान हुँदै आउने कार्गो तालिबानले रोकेकाले दुई देशबीचको व्यापार ठप्प बनेको हो । भारत अफगानिस्तानको सबभन्दा ठूलो पार्टनर हो र उसले सन् २०२१ मा साढे ३८ करोड डलर बराबरको सामान निर्यात गरेको थियो । भारतले अफगानिस्तानबाट लगभग ५१ करोड डलर बराबरको सामान आयात गरेको छ । भारतले अफगानिस्तानबाट सबभन्दा धेरै आयात गर्ने भनेको ड्राई फ्रुट हो ।
कारोबार रोकिएपछि काजु, किसमिस, बदाम लगायतको भाउ बढेको छ । तालिबानले अन्य मुलुकहरूको मान्यता खोजिरहेकाले भारतसँग लामो समयसम्म चिसो सम्बन्ध राख्न नसक्ने भारतीय व्यापारीहरूको आकलन छ ।एजेन्सी






