
काबुक, बनिर्बासनमा रहेका तालिबानका संस्थापक नेता करिब दश वर्षपछि अफगानिस्तान फर्केका छन् । सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियोमा उनलाई स्थानीय र तालिबान बिद्रोहीले स्वागत गरिरहेको देखिएको छ ।
तालिबानले पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा तालिबानका एक जना प्रवक्ताले मुल्लाह अब्दुल घानी बरादरसहित अन्य नेताहरु अफगानिस्तान आइपुगेको बताएका छन् । प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानका सदस्यहरु शान्तीपूर्ण रुपमा बस्न चाहेको बताए ।
सह संस्थापक बरादर तालिबानका उपनेता तथा राजनीतिक बिभागका प्रमुख हुन । बराबराबरका दर अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पुगेका छन् ।
अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सेनाको प्रबेशपछि बरादर निर्बासनमा गएका थिए । बिद्रोही संगठन तालिबानले आइतबार राजधानी काबुल शहर प्रबेश गरी राष्ट्रपति निबास नियन्त्रणमा लिएको थियो ।






