
काठमाडौं, काठमाडौं उपत्यकालगायत देशभरी नै कोभिड-१९ को जोखिम बढ्दै गयपछी मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा थप कडाई गरिएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय लकडाउन खुलेसगै संक्रमितको सङ्ख्या बढ्न थालेपछि साबधानिका लागि बुधबारदेखि सिंहदरबारमा अत्यावश्यक बाहेक ब्यक्तिको प्रवेशमा काडाई गरियको सिंहदरबार गण प्रहरीले जनायका छन । त्यसका लागि अस्थायी पास पनि बन्द गरेको प्रहरिको भनाई छ।
सिंहदरबारभित्र कार्यरत कर्मचारी, प्रेस पास लियका पत्रकारलाई र अत्यावश्यक काम लियर पुग्ने ब्यक्तिलाई मात्र प्रवेश दिईयको जनाइएको छ भने नेपालमा लकडाउन खुलेपछी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।







