
काबुल, अफगानिस्तानको राजधानी काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानी समुहले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अन्य प्रान्तबाट काबुल आइपुगेका छन् । उनीहरु हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट त्यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् ।
यसैगरी आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । उनीहरुलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको छ ।एजेन्सी






