
कपिलवस्तु, कपिलबस्तुमा श्रोत नखुलेको रु १६ लाखसहित यक जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियका छन । कपिलवस्तु मायादेवी गाउँपालिका-१ पकडिका ३६ वार्षिया बिनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिईयको शसस्त्र प्रहरी संतोष देबकोटाले सन्चारमाध्यमलाई बतायका छन ।
भारतबाट नेपाल आउदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी-ठकुरापुर गोब्ली बगैंचाबाट मङ्गलबार साझ पक्राउ परेका हुन । पक्राउ परेका सोनारको साथबाट यक हजार दरका यक-यक थानका १२ गड्डि र ५०० दरका यक-यक सय थानका गड्डि बरामत गरियको जनायका छन । उक्त सोनारबाट बरामद गरियको रकम सुनौलि भन्सार कार्यलायमा बुझाइयको प्रहरी निरीक्षक देवकोटाले बतायका छन ।






