
क्वालालम्पुर, मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले सोमबार पदबाट राजीनामा दिएका छन् । वर्तमान सरकारले मलेसियाको तल्लो सदनबाट विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा दिएका हुन् ।
विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले भनेका छन्, ‘प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हुँदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ ।’
उनले मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिइएको छ ।






