
काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
तालिबानले आइतबार अफगानिस्तानको काबुल प्रवेश गरेर आफ्नो कब्जामा लिएपछि हजारौं मानिसहरू त्रासका कारण अफगानिस्तान छोड्न खोजिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोही क्रममा विमानस्थलमा हजारौंको भीड लागेको छ भने रक्ताम्मे शवहरू भुइँमा लडेकाे छ ।
यसैगरी हाल अमेरिकी सेनाले अहिले काबुल विमानस्थललाई सुरक्षा दिइरहेको छ भने विमानस्थलमा रहेकाे प्रत्यक्षदर्शकीका अनुसार राति भीड तितरवितर पार्न सेनाले हवाई फायर गरेकाे थियो ।
अहिले अफगानिस्तानको आकाश भएर कुनै पनि यात्रुवाहक विमानलाई उड्न दिइएको छैन । उक्त देशको हवाईमार्ग बन्द गरिएको छ ।
अफगान हवाईमार्ग बन्द भएपछि विभिन्न देशका विमानहरू अर्कै बाटो भएर गन्तव्यतिर गइरहेका छन् । एयर इन्डियाले शिकागोबाट दिल्लीसम्मको उडानलाई अफगान हवाईमार्ग छलेर लामो बाटो हुँदै ल्याउन लागेको छ । एजेन्सी






