
काठमाडौं, खानेपानि मन्त्रालयको वार्षिक भौतिक प्रगती ८० प्रतिशत भयको छ । मन्त्रालय मातहतका निकायको आर्थिक तथा बित्तीय प्रगतिको तेस्रो चौमासिक एवं वार्षिक समिक्षा बैठकमा ८० प्रतिशत प्रगती भयको बतायको छ ।
मन्त्रालय अन्तर्गत गत आर्थिक बर्षमा १४ वटा आयोजना सम्पन्न भई यक लाख ९० हजार २९२ जनसंख्या उच्च तथा मध्यस्तरको खानेपानि सेवाबाट लाभान्वित भयको सहसचिव सिंखडाले बतायका छन । गत आर्थिक बर्षमा २४२ आयोजना सम्पन्न भई यक लाख ९४ हजार ४२३ जनसंख्या आधारभुतको खानेपानी सेवाबाट लाभान्वित भयको उहाँको भनाई छ ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक ९२.८८ प्रतिशत रहेको छ । मेलम्ची आयोजनाले गयको आर्थिक बर्षको अवधीमा हेड्वक्रस डाइभर्सन सुरुङ संचालन गरियको र समग्र हेड्वक्रसको काम ७० प्रतिशत सकियको बतायको छ । मन्त्रालयको अनुसार ०७६/७७ मा ५४ वटा क्रमागत सहलगानिका आयोजनामध्य छ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसंख्या लाभान्वित भयका छन ।







