
बेलायत, बेलायतको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा आक्रमणकारी सहित ६ जनाको मृत्यु भएको छ । उक्त घटनामा ज्यान गुमाउनेमा तीनजना महिला, दुईजना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले सो घटना आतंकवादी हमलासँग सम्बन्धित नभएको बताएको छ । घटनाकी प्रत्यक्षदर्शी श्यारनले भनिन्, ‘एक मानिसले एउटा घरको ढोकामा लात्ताले हानी अन्धाधुन्धा गोली चलाउन सुरु गर्याे । ऊ फेरि गोली चलाउँदै उक्त घरबाट निस्कियो र लिनियर पार्कमा भएका मानिसहरूतिर लक्षित गर्दै गोली चलाउन थाल्यो। यसरी यस्तो डरलाग्दो र निकै दुःखद घटना घट्यो।’
घटनामा परि १० वर्षभन्दा मुनिको एक बच्चाको ज्यान गएको भन्दै प्लाइमाउथ सटन एन्ड डेभोनपोर्टका सांसद ल्युक पोलार्डले भने, ‘यो अकल्पनीय, भयानक र बिलकुल विनाशकारी छ।’एजेन्सी






