
काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ८९ हजार ४०० रुपैयाँमा र तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।







