
ब्रासिलिया, ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न नसकेको त्यहाँका अधिकारीले जनाएका छन् । ब्राजिलका अधिकारीका अनुसार पछिल्ला केही दिनमा कोरोनाबाट हुने मृत्यु बढ्दै गएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ ।योसँगै त्यहाँ ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ ।
कोभिड-१९ बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यहाँका अधिकारीले मंगलबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ संक्रमणबाट निधन भएको बताएका छन् ।
त्यसैगरी ब्राजिलमा कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ । योसँगै ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।एजेन्सी






