
काबुल, अफगानिस्तान सेनाको हवाई आक्रमणमा कम्तिमा ४५ तालिबान विद्रोही मारिएका छन् । आक्रमणमा अल कायदासँग सम्बन्धित तीन जना पाकिस्तानी नागरिक समेत मारिएका छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार लश्करगाह र हेलमन्द प्रान्तमा गरिएको हवाई कारबाहीमा ४५ जना लडाकूको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सैन्य आक्रमणको क्रममा भारी संख्या हतियार समेत नष्ट गरिएको जनाएको छ ।
यसअघि शुक्रबार पनि अल कायदासँग सम्बन्धित ३० जना पाकिस्तानी नागरिक हेलमन्द प्रान्तमा हवाई आक्रमणमा मारिएका थिए ।एजेन्सी






