
काठमाडौं, ट्युनिसियाका राष्ट्रपति कैस साइदले प्रधानमन्त्री हिचेम मेचिचीलाई बर्खास्त गरेका छन् । आइतबार राष्ट्रपतिले प्रधानमन्त्री मेचिचीलाई बर्खास्त गर्दै कार्यकारी अधिकार आफू मातहात राखेर नयाँ प्रधानमन्त्रीको सहयोगमा शासन सत्ता सञ्चालन गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्युनिसियाका शहरहरुमा कोरोना नियन्त्रणमा लागि गरिएको प्रयास अपर्याप्त भएको र आर्थिक गतिबिधि कमजोर भएको भन्दै बिरोध प्रदर्शन भएपछि राष्ट्रपतिले यस्तो कदम चालेका हुन् ।
सन् २०१४ मा ट्युनिसियामा संविधानले राष्ट्रपति, प्रधानमन्त्री र सदनमा शक्ति सन्तुलन गरेको थियो । सरकारी सञ्चारमाध्यमबाट देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति सईदले जनताको अधिकार कपट, धोका र लुटपाटबाट ठगिएको बताए ।
उनले आफ्नो कदम संबिधान बमोजिम नै भएको दाबी गरेका छन् । राष्ट्रपतिले सम्बोधन लगत्तै आपातकालीन बैठक समेत गरेका थिए । संसदको सबैभन्दा ठूलो दल एन्नाहदा पार्टीमाथि जनता आक्रोशित भई शहरमा प्रदर्शन गरेका छन् ।एजेन्सी






