
काबुल, अफगानिस्तानले हाल देशभर कर्फ्यू लागू गरेको छ । तालिबानी लडाकुहरुले मुलुकका विभिन्न शहर कब्जा गर्न अगाडि बढ्न थालेपछि देशभर आपतकालीन अवस्थाको घोषणा गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानी लडाकुको आक्रामकतालाई रोक्न यतिबेला अफगानिस्तानले देशभर सेना परिचालन गरेको छ । यसैगरी अफगान सरकारले तालिबानलाई शहरमा पस्न नदिने बताएको छ ।
राजधानी काबुलसहित तीन प्रान्तमा बाहेक अन्य सबै प्रान्तहरुमा राति १० बजेदेखि बिहान चार बजेसम्म कुनै पनि किसिमको आवगमनलाई अनुमति दिइएको छैन ।एजेन्सी






