
ब्राजिलिया, ब्राजिलमा कोरोना सङ्क्रमण दर पछिल्लो समयमा झनै वृद्धि भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुका अनुसार त्यहाँ गत २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् ।
ब्राजिलमा एकैदिन कम्तीमा पनि १ लाख ८ हजार जना मानिस सङ्क्रमित भएका छन् । विगतका केही दिनमा त्यहाँ एकै दिन दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए ।
त्यहाँ हाल मृत्यु हुनेको संख्या घटे पनि सङ्क्रमितहरु भने झनै बढेका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ९६ लाख पुगेको छ । जसका कारण त्यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ ।
त्यसैगरी गएको २४ घन्टामा यहाँ यो सङ्क्रमणबाट १ हजार ३२४ जनाको ज्यान गएको छ । यो संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ५ लाखभन्दा बढीको ज्यान गएको बताइएको छ ।






