
काठमाडौं – नेपालमा हालसम्म काेराेना संक्रमित हुनेकाे संख्या १९ हजार ५४७ जना पुगेका छन् । जसमध्ये २७४ जना आज थपिएका हुन् । संक्रमितको टाेटल संख्या मध्ये १४ हजार २४८ जना डिस्चार्ज भएका छन् जसमध्ये आज २२७ जना आज डिस्चार्ज भई घर फर्किएका छन् । बिहिबार ३ जना मृतक संख्या थपिए सँगै नेपालमा काेराेनाबाट ५२ जना पुगेकाे छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेकाे संख्या हालसम्म १३ हजार २०१ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काेराेना मुक्त जिल्लाहरु भाेजपुर ,संखुवासभा ,मनाङ,मुस्ताङ र रसुवा रहेकाे छ






