
काठमाडौं, सत्तारूढ दल नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको फैसलाले नेपालीजनले अस्थिरताको दुश्चक्र बेहोर्नुपर्ने अवस्था आइलागेको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्चले गरेको संसद पुनःस्थापनापछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जामार्फत भनेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात भएको छ । सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहोर्नु पर्ने भो ।’







