
अल्जेरिया, अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संक्रमित भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन हाल छुट्टै बसेका छन् । उनले कोरोनाभाइरस सम्बन्धी मापदण्डहरुको पालना पनि गरिरहेको उनका सचिवालयले जानकारी दिएको छ ।
घर भित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरिरहेको सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ ।
बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ ।एजेन्सी






