
काठमाडौं – नेपामा काेराेना संक्रमितको संख्या १९ हजार नाघेकाे छ हालसम्म १९ हजार ६३ जना संक्रमित भएका छन् । जसमध्ये मंगलबार ३११ जना थपिएको छ । नेपालकाे कुल काेराेना संक्रमित मध्य १३ हजार ८७५ जना निकाे भई घर फर्किसकेका छन् ।
जसमध्ये आज १२१ जना डिस्चार्ज भएका हुन् । मंगलबार थप १ जनाकाे मृत्यु भएको छ । याे सँगै नेपालमा ४९ जना काेराेना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल सक्रिय काेराेना संक्रमितको संख्या ५ हजार १३९ जना रहेका छन् । काेराेना मुक्त जिल्ला ५ रहेकाे छ ।







