
दार्चुला, दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिका-५ मकरीगाड तिङलास्थित मकरीगाड हाड्रोपावर कम्पनीको सु प्र ०१०० क १६०४ नम्बरको स्काभेटर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टका अनुसार बिहिवार सडक सफा गर्ने क्रममा ३:३० बजेतिर उक्त दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका आगरका २८ वर्षीय चालक विशन रावलको मृत्यु भएको हो ।







