
जुन काम गर्दा आफ्नो ज्ञान प्राप्त गर्ने दायरा बढ्दछ अनि जिम्मावारी अनुभूति गर्ने अवसर मिल्दछ
यस्तो काम गर्न सके समाज र देशका लागि पनि केही गर्ने आत्मबल बढ्नुका साथै सोच, जीवनशैली र
व्यवहारमै परिवर्तन हुने हुँदा एउटै काम गरेर एउटै विचारधारालाई मस्तिष्कमा लिनु भन्दा फरक काम
गरेर मस्तिष्कको क्षमतामा विकाश गर्न सके जीवन सार्थक बन्छ भन्ने कुरा लेखक एवम सर्जक उत्तम
निरौला बताउनुहुन्छ । उहाँ संग नवराज हुमागाईले गर्नु भएको कुराकानी ।
दृष्टिकोण लेख्ने सोच के बाट आयो ?
दृष्टिकोण भन्ने शब्द खासगरि दैनिक जीवनमा घरिघरि प्रयोग भएको कारण मलाई दृष्टिकोण के रहेछ
भन्ने उत्सुकता धेरै अगाडिदेखि थियो । यहि दृष्टिकोणबाट अनुसन्धान गर्दा गर्दै दृष्टिकोण समाजका
लागि पस्कने इच्छा जाग्यो ।

आजकाल के मा व्यस्त हुनुहुन्छ ?
आजकाल सधैं जसो अध्ययन अनुसन्धान र लेखन कार्यमा व्यस्त छु । यहि लकडाउनमा एउटा उपन्यास
सखिला तयार गरेको छु । यो उपन्यासले नेपालकी हरेक छोरीको प्रतिनिधित्व गरेको छ ।
कुशल शिक्षकबाट लेखक हुनुको कारण ?
एउटै व्यसाय गरेर जीवन सखाप पार्नु भन्दा फरक तरिकाले जीवन जीउँदा जीवनको मिठास अनुभुति हुने
भएका कारण शिक्षकबाट लेखनशैलीमा प्रवेश गरेको हुँ ।
शिक्षा र ज्ञानमा के फरक रहेछ ?
शिक्षा र ज्ञान उस्तै उस्तै लाग्ने जमात ठूलो छ । यी दुई विषयको भिन्नता धेरै छ । यत्ति कुरा भन्न
चाहन्छु कि शिक्षित मान्छे ज्ञानी नहुन सक्छ । तर ज्ञानी मान्छेले शिक्षित भन्दा असल जीवनशैली
अपनाउन सक्छ ।
विद्या ठूलो कि धन ?
विद्या नै ठूलो हो । यसमा तर्क गर्नु पर्ने कुनै कारण नै छैन । अहिलेको व्यापारमुखि शिक्षा प्रणलिमा
पैसा छैन भने छोरा छोरी पढाउन नपाउने अवस्था छ त्यसैले धन ठूलो देखिन्छ तर विद्या आर्जन गर्नु र
सटिफिकेट पाउनुमा धेरै अन्तर छ । विद्या भन्ने कुरा केवल सटिफिकेटले प्राप्त गर्दा मात्र पाइन्छ भन्ने
होइन । दैनिकि जीवनमा पनि बिद्या भन्ने चिज अरु तरिकाले पाईरहेका हुन्छौं ।
विद्यार्थीसंग खुशि हुनुहुन्छ कि कलम संग ?
सबैसँग खुसी छु । मेरा निम्ति विद्यार्थी प्रेरणाका स्रोत थिए । अनि कलमले त्यहि प्रेरणालाई उक्त
प्रेरणाको तठस्थ रुप दिन सहयोग ग¥यो ।
तेस्रो संस्करणसम्म पुग्दा दृष्टिकोणले के दृष्टि देखायो होला समाजमा ?
दृष्टिकोण पढि दिने कसैले पनि आजसम्म गाली गर्नु भएन । यहि कारण दृष्टिकोण तेस्रो संस्करणमा
जान तयार हुदैछ । समाजलाई प्रेरणा आवश्यक रहेछ भन्ने कुराको अनुभूति भयो ।
आफूलाई के भन्न रुचाउनुहुन्छ ?
आफूलाई विद्यार्थी नै भन्न रुचाउँछु । मलाई सिक्न धेरै मन पर्छ ।
जीवनमा के कुराले कमि महसुस हुन्छ ?
कमि कहिले कांहि भए जस्तो लाग्छ तर त्यो कमी स्थायी बस्दैन । त्यसैले ति अस्थायी विषयमा म धेरै
चिन्तित बन्दिन ।
उत्तम निरौलालाई अध्यात्मिक मानिस भन्न सुहाउँछ ?
अध्यात्म त मेरो जीवन शैली हो । अध्यात्मिक अथवा अन्य केही यसरी व्यक्तिसँग जोडनु भन्दा पनि
सरल मान्छे भै भनि दिंदा ढुक्क लाग्छ ।
सामाजिक परिवेशलाई कसरि विश्लेशण गर्नु भएको छ ?
समाज परिवर्तशिल हुन्छ । आवश्यकता अनुसार समाज परिवर्तन र परिमार्जन हुँदै जान्छ तर पुराना
मानिसले समाजलाई जटगेर राखेका कारण नयाँ पुस्तामा वितृष्णा धेरै देख्न सकिन्छ ।
जो कोहि लेखक बन्न सक्ला र ?
जो कोही व्यक्ति लेखक सक्छ सक्तैन भन्ने कुरा चाँहि उसको लगनशीलता र अध्ययन गर्ने क्षमतामा भर
पर्दछ । समाजमा घटने स–साना घटनाबारे शुक्ष्म अध्ययन गर्ने बानी बसाल्नु पर्छ र त्यहि कुरालाई लेखन
प्रक्रियामा उर्तानु पर्छ । यसो गर्ने हो भने अवश्य पनि सकिन्छ ।
पुस्तकले सफलता पाएको मान्नुहुन्छ कि कोशिश ?
सफलता त प्रायःको छैन । सफल हुन र नहुनु भन्दा पनि जिम्मेवारी निभाउन सकें कि सकिन भन्ने कुरा
महत्वपूर्ण हुन्छ । त्यसैले जिम्मेवारी निभाउने हर प्रयास गर्नेछु । सफलता भन्ने कुरा साहेद पछ्याउँदै
आउने छ ।
पाठकलाई के भन्नुहुन्छ ?
सोच परिवर्तन गर्नेलाई अर्काको कुरा सुनेर हुदैन । अध्ययन गर्ने बानी बसाल्नु पर्छ । त्यसैले जुनसुकै
उमेर भएपनि पुस्तक पढने बानी बसाल्नुहोस । जीवन बढो आनन्ददायी बन्नेछ । त्यति मात्र भन्छु ।







