
नाइजेरिया, नाइजेरियामा बन्दुकधारीको हमलाबाट १० जनाको घटनास्थलमै मृत्यु भएको छ । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा आइतबार साँझ बन्दुकधारीले हमला गरेर एक स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको हो ।
सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार घटनाको पुष्टि गरेका हुन् । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए ।
उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ भएको सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ ।एजेन्सी






