
प्रहरीले एक साइकल चालक बाट श्राेत नखुलेकाे ११ लाख रुपैयाँ सहित साइकल चालकलाई असार ५ गते पक्राउ गरेकाे छ । रौतहट मातहत प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ न.पा. वडा नं. ४ स्थित प्रहरी चौकी मठिया अगाडी सडकमा चेक प्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा नेपाल भारतको सिमाना नजिक दक्षिण तर्फबाट मठिया महुलिया तर्फ आउँदै गरेको साईकल यात्रीलाई रोकी चेकजाँच गरेका थिए ।
उक्त साईकलको हैण्डिलमा झुण्ड्याएको पहेलो कालो हरियो रंगको नाईलनको झोला खोली हेर्दा सो झोला भित्र श्रोत नखुलेको नेपाली रु.१००० र ५०० दरको नोट जम्मा रु. ११,०००००।-(एघार लाख) फेला परेको परेकाे हाे सो साईकल चालक जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ बस्ने रामबालक सिन्हाको छोरा अं. वर्ष १९ को पवन कुमार सिन्हा रहेका छन् ।
उनलाई नियन्त्रणमा लिई प्रहरीले फेला पारेको रकम सहित जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको । प्रहरीको भनाइ छ ।







