
इजरायल, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सत्ताबाट बाहिरिने भएका छन् । विपक्षी गठबन्धनले सरकार बनाउने सहमति भएपछि उनी प्रधानमन्त्री पदबाट बाहिरिने भएका हुन् ।
नेतान्याहु इजरायलमा सबैभन्दा लोमा समय प्रधानमन्त्री पदमा रहेका व्यक्ति हुन् भने पछिल्ला १२ वर्षयता त्यहाँको राजनीति उनकै वरिपरि घुमिरहेको छ ।
गत मार्चमा भएको चुनावमा नेतान्याहुको पार्टी लिकुडले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा रहेको पार्टीले अन्य दललाई मिलिजुली सरकार बनाउन आह्वान गरेको थियो ।
जसका लागि बुधबार जुन २ तारिख मध्यरातिसम्मको समय सीमा तोकिएको थियो । समयसीमा सकिनु केही बेरअघि विपक्षी नेता येर लेपिडले ८ दल मिलेर सरकार बनाउने गठबन्धन बनेको घोषणा गरेका हुन् ।एजेन्सी






