
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीवार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मुल्य ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने बुधवारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।







