
काठमाडौं -भगवान रामकाे जन्मकाे विषयलाई लिएर बनारसमा रहेका नेपालीमाथि खासै दुर्व्यवहार नभएको र हाल आफूहरू सुरक्षित रहेको त्यहाँ बासोबास गर्ने नेपालीले बताएका छन् । बनारसको जगदम्बा नेपाली धर्मशालाका मेनेजर काशी अधिकारीले फोनमा हिजोको घटनापछि प्रहरी प्रशासन र राजनीतिक दलका नेताहरूले आफूलाई सम्पर्क गरेको र कसैबाट कुनै त्यस्तो गतिविधि भए तत्काल सम्पर्क गर्न फोन नम्बर उपलब्ध गराएको बताए ।
उनले गोरखापत्र अनलाइनसँग भने ‘पहिलेको घटना पनि केही स्थानीय स्तरका चार-पाँच जना कार्यकर्ताले गरेका हुन्, त्यो पनि त्यस्तो जबरजस्ती भएको होइन ।’ नेपाली युवकको सहमतिमै भएको हो भन्ने आफूलाई जानकारी भएको उनकाे भनाइ छ ।






