
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । शुक्रबार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय कायम भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३५० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।







