
काठमाडौं, आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ । अर्थ मन्त्रालयका अनुसार बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने तय भएको हो ।
संसद विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । सरकारले अध्यादेशबाट ल्याउने बजेटमा विभिन्न भत्ता वृद्धि गर्ने भएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलब बढाउने घोषणा गरिसकेका छन् भने करको दरमा केही हेरफेर हुने जनाइएको छ ।







