
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको हो ।
यसदिन छापावाला सुनको मुल्य ९४ हजार २०० रुपैयाँ पुगेको हो । यो मूल्य पछिल्ला केही महिना यताकै अधिक हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।







